झापामा रतुवा खोलाले बगाएर एक जनाकाे मृत्यु

६ असार २०८१/झापा
झापाको रतुवा खोला बगाएर एक जनाको मृत्यु भएको छ । दमक वडा नं. १ सरस्वती टोल बस्ने बर्ष ५३ को मोहन रामदाम विकलाई खोलाले बगाएको हो । घर नजिकै रहेको रतुवा खोला तर्नेक्रममा बगाएर झण्डै एक किलो मिटर तल पूर्व पश्चिम राजमार्ग पुल नजिकै खोलाले निकालेको थियो ।
मृतक विकको आवश्यक पोष्टमार्टम प्रकृयामा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा ४ दिन यता पर्दै आएको बर्षाले खोला तथा नदिमा पानीको सहत बढेको छ । खोलामा बाढी आउन थाले पछि दक्षिणी झापा दर्जन बढी बस्तीहरु उच्च जोखिममा रहेको नदि नियन्त्रणमा काम गर्दै आएको जनताको तटबन्ध कार्यक्रम कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post वेलडाँगीमा शरणार्थी दिवश मनाइयोः नक्कली भूटानी काण्डलाई थप छानविन गर्न शरणार्थीको माग (फाेटाे फिचर)
Next post कमलमा १६९ किसानलाई वेमौषमी खेती गर्न कृषि सामाग्री वितरण