कमलमा १६९ किसानलाई वेमौषमी खेती गर्न कृषि सामाग्री वितरण

६ असार २०८१/झापा
वेमौषमी तरकारी खेती गर्नलाई झापाको कमल गाउँपालिकाले आज १६७ जना किसानलाई कृषि सामाग्री वितरण गरेको छ । वेमौषमी तरकारीबालीबाट राम्रो आम्दानी हुने भए पछि किसानलाई टनेल, स्प्रे ट्याङ्की, मल्चिङका लागि प्लाष्टिक, तरकारी विक्री गर्ने ठेला लगायतका सामाग्री पालिका अध्यक्ष हुकुमसिंह राईको हातबाट वितरण गरिएको छ ।
कृषकहरुलाई वेमौषमी खेती गर्न सहज होस् भन्ने हेतुले प्रदान गरिएको सामाग्रीको सही सुदपयोग गरी उत्पादन बृद्धि गर्न पालिका अध्यक्ष राईले किसानलाई आग्रह गर्नु भएको छ ।

आगामी बर्षमा कृषिलाई थप आधुनिकीकरण तर्फ लान कमलले कृषिलाई प्राथमिकता दिने कार्याक्रममा बताइएको छ । कार्याक्रममा कृषि शाखा प्रमुख महेन्द्र बोहोराले प्राप्त भएका सामानमा समस्या देखिएमा खरिद कम्पनिमा साट्न सकिने भएकाले प्रयोग पूर्व परिक्षण गरेर संचालन गर्न किसानलाई आग्रह गर्नु भएको छ । यो बर्ष कृषि यान्त्रिकरणमा ९ लाख रुपयाँको सामान खरिद गरी ५० देखि ७५ प्रतिशत अनुदानमा उपलव्ध गराइएको कृषि प्राविधिक रमा रेग्मीले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा रतुवा खोलाले बगाएर एक जनाकाे मृत्यु
Next post अरु व्यापार घटे पनि महको व्यापार बढे पछि किसानमा आकार्षण