कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिँदै गौरादहको नीति तथा कार्याक्रम प्रस्तुत

७ असार २०८१/झापा

झापाको गौरादह नगरपालिकाले कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिँदै नीति तथा कार्याक्रम ल्याएको छ । नगरको १४ औं नगर अधिवेशनमा नीति तथा कार्याक्रम पेश गर्दै आगामी आर्थिक बर्षका लागि ल्याइएको कार्याक्रमले रोजगारी सृजना गर्नेमा समेत जोड दिइएको छ । शुक्रबार नगर प्रमुख छत्रपति सुवेदीको सभाध्यक्षमा भएको अधिवेशनमा उपप्रमुख जलबर्षा राजवंशीले नीति तथा कार्याक्रम पेश गर्दै यो बर्ष कृषिका लागि दुई वटा शितघर निर्माण गरी बजारको श्रृङखलासँग जोडिने बताउनु भयो ।

यस्तै सभामा नगरपालिका भित्र सुचिकृत वेरोजगारलाई सार्वजनिक पूर्वाधार कार्यमा जोड्ने खालका तालीम र सिप प्रदान गरी स्थानीय क्षेत्रमा रोजगारी दिइने छ । सुशासन तथा सार्वजनिक सेवा प्रवाह, क्षमता विकास र वातावरण संरक्षण तथा विपद व्यवास्थापनम समेत जोड दिइएको प्रतिवेदनमा पेश गरिएको छ । यसका लागि ‘शीपको सम्मानः आयमा रुपान्तरण र श्रमको सम्मान हाम्रो अभियान’ भन्ने कार्यक्रम भन्ने नारा नै तय गरिएको छ ।

यस्तै ‘गौरादह विकासको आधार प्राविधिक शिक्षामा सुधार’ भन्ने कार्याक्रम समेत संचालन गरिने छ । अधिवेशनमा पेश भएका कार्याक्रम माथि आगामी ९ गते ११ बजेसम्म संशोधन गर्नु बूँदामा लिखित सुझाव पेश र सभामा धारणा राख्नेले सचिवलायमा नाम दर्ता गर्नु पर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अरु व्यापार घटे पनि महको व्यापार बढे पछि किसानमा आकार्षण
Next post यस बर्ष कहिल्यै नसुक्ने क्षेत्रमा पानी सुके पछि समस्याः अझै कतिपय टुवेलमा पानी आएका छैनन्