यस बर्ष कहिल्यै नसुक्ने क्षेत्रमा पानी सुके पछि समस्याः अझै कतिपय टुवेलमा पानी आएका छैनन्

८ असार २०८१/डिकेश लामा
झापाको चुरे क्षेत्रमा यस अघि हिउँदमा पनि खासै नसुक्ने टुवेल, धारा र खहरे खोल्छीहरु सुक्न थालेका छन् । पानीको स्रोत नै सुक्न थाले पछि खानेपानी देखि पुश चौपायलाई समेत समस्या हुन थालेको छ ।

झापाको दमक वडा नं. ३ पिपिरे गाउँमा यो बर्ष सवैको टुवेल सुके । सदा पानी आउने सिंगै गाउँका टुवेलहरु एकाएक सुके पछि पानीका लागि गाउँ नै काकाकुल जस्तै बनेको स्थानीय बासिन्दा लक्ष्मि ढकालले बताउनु भयो । असारकाे पहिलाे सातासम्म कतिपय टुवेलमा पानी पलाएका छैनन् । जसले गर्दा सुख्खा माैषममा अव देखि पुरै स्राेत सुक्न सक्ने गाउँलेकाे अनुमान छ ।

पिपिरे गाऊँ मात्र हौइन पछिल्लो समय पूर्व पश्चिम राजमार्ग देखि उत्तरी क्षेत्रमा धेरैजसोको टुवेलहरु सुक्न थालेका छन् । जलबायु परिवर्तनसँगै नदिजन्य सामाग्री अधिक उत्खनन् भएकाले खोला तथा नदि गहिरिएका कारण आसपासका बस्तीहरु सुख्खा बन्दै गएको कन्काई सिंचाई कार्यालय झापाका प्रमुख उमेशकुमार सुजकुले बताउनु भयो । सुजकुका अनुसार हालसम्म ४ मिटर भन्दा धेरै खोला गहिरो भइसकेको छ । जसले गर्दा सिंचाई हेडबक्स नै जोखिममा परेको उहाँले बताउनु भयो ।

खोलामा स्रोत बनाएर संचालन गरिएका कतिपय खानेपानी समेत सुक्न थालेका छन् । यसले गर्दा पानीको हाहाकार बन्ने स्थिति आएको प्रभावित क्षेत्रका बासिन्दाले गुनासो पाखेका छन् । दमक वडा नं. ३ का दुर्गा ढकालका अनुसार हालसम्म गाउँमा धेरैकोमा पानी आएको छैन । विगत बर्षमा यसरी नुसक्ुने टुवेलहरु सुक्न थाले पछि गाउँमा समस्या आउन थालेको उहाँले बताउनु भयो । बर्षेनी जलबायु परिवर्तनको असर बढ्दै गएको छ । यस अघि हिउँदमा नसुक्ने खोला तथा नदिहरु पूर्णरुपमा सुक्न थालेका छन् । यस प्रति वेलैमा सचेत नबने भावी पुस्तामा थप संकट आउने वातावरण विज्ञहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिँदै गौरादहको नीति तथा कार्याक्रम प्रस्तुत
Next post स्थानीय तहको बजेट पूर्वाधारमा जोडः दमकले ल्यायो नारै–नाराको कार्याक्रम