अरु व्यापार घटे पनि महको व्यापार बढे पछि किसानमा आकार्षण

७ असार २०८१/डिकेश लामा

अन्य क्षेत्रमा व्यापार व्यवसाय सुस्ताइ रहेको अवस्थामा यो बर्ष सतासीका महिलाहरुले महको व्यापर राम्रो गरेका छनन् । कोशी प्रदेशमै सहकारीको रुपमा महिलाहरुले शुरु गरेको मह उद्योगबाट राम्रो कारोवार हुन थाले पछि किसानहरु समेत उत्साहित भएका छन् । मौरी पालनबाट आम्दानी समेत बढ्न थाले पछि किसानको संख्या समेत बढ्दै गएको छ ।

झापाको शिवसताक्षीमा मौरी पाल्ने किसानको संख्या बर्षेनी बढ्दै गएको छ । शुरुमा केही महिलाले थालेको मौरी पालन पछिल्लो समय ४ सय हाराहारी किसानले व्यवसायिकरुपमा मौरी पाल्न थालेका छन् । एकै जना किसानले ७ सय घारसम्म मौरी पालन गर्न थाले पछि उनीहरुको आम्दानी समेत बढ्दै गएको छ । महिलाहरुले संचालन गरेको उद्योगबाट अघिल्लो बर्ष १५ हजार केजी झण्डै १ करोड ३५ लाख हजार मुल्य बराबरको मह विक्री भएको थियो । यो बर्ष व्यापार बढेर १ करोड ६१ लाख मुल्यको मह विक्री भइसकेको उद्योगका प्रमुख युवराज पौडेलले बताउनु भयो । पौडेलका अनुसार विगत बर्ष भन्दा यो बर्ष व्यापारमा केही आशा पलाउँदै गएको छ । आर्थिक मन्दिका कारण अन्य धेरै क्षेत्रमा व्यापार व्यवसाय खासै हुन सकेको छैन ।


पछिल्लो समय धेरै क्षेत्रमा आर्थिक मन्दीले व्यापार हुन नसकिरहेको अवस्थामा महिलाहरुको सक्रियतामा खोलिएको मह उद्योगले भने राम्रो व्यापार गरेको छ । किसानहरुबाट संकलित महको झण्डै २५ प्रतिशत कारोवार बृद्धि भएको मह उद्योगकी कर्मचारी पशुपति बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार आफूहरुले किसानबाट संकलन गरेर ल्याएको विभिन्न प्रकारका महहरु प्रशोधन गरी विक्री गर्ने गरेको बताउनु भयो । उहाँका अनुसार तोरी, फापर र जंगली प्रकारका महको व्यापार पूर्वी नेपालका विभिन्न जिल्ला हुँदै यो बर्ष काठमाण्डौंसम्म विक्री गर्दै आएको बताउनु भयो ।

सरकारले समेत सहयोग गर्न थाले पछि किसानलाई समेत हौसल्ला मिलेको छ । कृषि ज्ञान केन्द्रले अनुदान दिएर स्रोत केन्द्र संचालन गरे पछि मौरी पालन क्षेत्र समेत विस्तार भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार शिवसताक्षी नगरपालिका वडा नं. ११ मा मौरी पाल्दै आउनु भएका किसान अर्जुन मुखियालाई गत बर्ष स्रोत केन्द्र संचालनका लागि दिइएको अनुदानले यो बर्ष जिल्लामा मौरी उत्पादन गरी विक्री समेत गर्न सफल हुनु भएको छ ।

जिल्लामा पछिल्लो समय केही स्थानीय तहले समेत अनुदानमा मौरी पालनलाई जोड दिन थालेका छन् । यस बर्ष मात्र गौरादह नगरपालिकाले ३३ जना किसानलाई मौरी वितरण गरी व्यवसाय तिर जोड्ने कार्य थालिएको कृषि शाखा प्रमुख शिव न्यौपानेले बताउनु भयो । यस्तै कन्काई, अर्जनधारा लगायतका पालिकामा समेत मौरी पालन विस्तारै विस्तार हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कमलमा १६९ किसानलाई वेमौषमी खेती गर्न कृषि सामाग्री वितरण
Next post कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिँदै गौरादहको नीति तथा कार्याक्रम प्रस्तुत