झापामा कृषि कार्यको अनुगमन

१९ असार २०८१/झापा
झापामा अनुदान लिएर खेतीमा लागेका किसानहरुको फार्म अनुगमन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनले गरेका गतिविधि ३ दिन लगाएर जिल्लाका संयन्त्रले अनुगमन गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराल सहितको सरोकारवाला निकायले गरेको अनुगमनले कृषि क्षेत्रमा दिएका अनुदानको प्रयोग सही तरिकाले भएको निष्कर्ष निकालेको छ । अनुगमन सकेर समिक्षा कार्याक्रममा बोल्दै समन्यव प्रमुख बरालले जिल्लामा परियोजनाले गरेको कार्याक्रम प्रभावकारी र उपलव्धीमुलक भएको बताउनु भयो ।
यस्तै उहाँले सरकारले कृषिका लागि उचित नीति र कार्याक्रम ल्याउन नसकेको बताउनु भयो । १० बर्षे परियोजनामा बर्षेनी बजेट कटौती गर्दा कृषि क्षेत्रका खास विकास हुन नसकेको उहाँले बताउनु भयो ।
चालु आर्थिक बर्षमा परियोजनाले ५ करोड ३ लाख बजेटमा ८४ दशमलव ३८ प्रतिशत वितीय प्रगति गरेको परियोजना कार्यान्वयन इकाइका वरिष्ठ अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो । यो बर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यान्त्रिकरण, गोदामघर निर्माण, चक्लाबन्दी कार्याक्रम, वास्नादार धान प्रवर्धन, प्रयावरण मैत्री प्रविधि प्रदर्शन, चैते धान विस्तार, साना सिंचाई निर्माण लगायतका कार्याक्रम संचालन गरेको छ ।
यस्तै परियोजनाले सुपारी, रबर र मकै जोनमा समेत सिंचाई र यान्त्रिकीकरणमा अनुदान उपलव्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नयाँ सत्ता समीकरणले सरकार परिवर्तन हुँदैः भाेलि नै राजिनामा दिन एमालेकाे प्रचण्डलाई आग्रह
Next post भद्रपुर भन्सारमा लक्ष्य भन्दा दोब्बर राजश्व असुली