हिलोमा पनि धान काट्ने नयाँ चेन प्रविधिको मेशिनले किसानलाई सहज

२३ असार २०८१/डिकेश लामा

वर्षातको हिलोमा पनि चैतेधान काट्न र थन्काउनका लागि झापामा यो बर्ष देखि नयाँ प्रविधिको मेशिन भित्रयाइएको छ । सरकारले ५० देखि ८५ प्रतिशत अनुदानमा उपलव्ध गराएको चेन प्रविधिको मेशिनले किसानलाई सहज भएको छ । दक्षिणी झापाका अझै कतिपय स्थानमा चैत धान उठाउन बाँकी नै छ । असार महिनाभर बर्षेन धान रोप्ने र चैते धान काट्ने चटारोमा नयाँ प्रविधिको प्रयोगले किसानलाई सहज भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ठूला हारभेष्टरले हिलोमा धान काट्न मुश्किल भएकोले यो बर्ष देखि साना र चेन प्रविधिको मेशिन भित्राइएको छ । पानी तथा हिलोमा समते धान काट्न सहज हुने भएकाले यो मेशिन किसानलाई अनुदानमा उपलव्ध गराइएको परियोजना कार्यान्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार चेन प्रविधिको कम्बाइन हारभेष्टर हिलोमा नफल्ने र सानो हुने भएकाले धान, मकै र गहुँ काटन सहज हुने बताउनु भयो ।

जिल्लामा यो बर्ष चैते धानको खेती झण्डै २ हजार हेक्टर क्षेत्र बढी विस्तार भएको छ । नयाँ प्रविधिको मेशिन आए पछि किसानलाई लागत समेत कम भएको मेशिन संचालन गर्दै आएको कमल गाउँपालिका वडा नं. १ को बहुउदेश्य कृषि फार्मका प्रतिनिधि थिरबहादुर श्रेष्ठले बताउनु भयो ।

त्यसो त पछिल्लो समय नयाँ प्रविधिका कृषि यन्त्र भित्रिएसँगै चुनौति पनि थपिने गरेको छ । तेस्रो मुलुकबाट भित्रिएका यन्त्र उपकरणबारे दक्ष प्राविधिक र विग्रदाँ फेर्ने सामान नपाउने हुँदा समस्या भोग्नु परेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भद्रपुर भन्सारमा लक्ष्य भन्दा दोब्बर राजश्व असुली
Next post दमकमा पाठेघरको समस्या कम गर्न निशुल्क प्याड