दमकमा पाठेघरको समस्या कम गर्न निशुल्क प्याड

२४ असार २०८१/झापा

पाठेघरको क्यान्सर तथा अन्य रोग न्यूनिकरणका लागि झापाको दमक नगरपालिकाले निशुल्क सेनेटरी प्याड दिने कार्यको थालनी गरेको छ । आज दमकमा एक कार्याक्रम आयोजना गरी नगरबासी महिलालाई हरेक स्वास्थ्य केन्द्रबाट निशुल्क प्याड लिन सक्ने गरी बनाइएको कार्याक्रम शुभारम्भ गरिएको छ ।

कार्याक्रममा नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईंले स्वास्थ्य केन्द्रका प्रमुखलाई प्याड वितरण गरी कार्याक्रमको थालनी गर्नु भयो । नगरपालिकाले महिलाहरुको पाठेघरको क्यान्सरको समस्या कम गर्न सुरक्षित महिनाबारी कार्यमा ध्यान दिइएको पालिकाकी उपप्रमुख भट्टराईंले बताउनु भयो ।
कार्याक्रममा नगर प्रमुख थापाले २ बर्षे कार्यकालमा नगरबासीको स्वास्थ्यमा विशेष चासो बढाएको बताउनु भयो । उहाँले असक्तलाई व्हील चेयर देखि उपचारमा समेत सहयोग गरेको बताउनु भयो ।

पछिल्लो समय बढ्दै गएको पाठेघरको क्यान्सर र अन्य रोग न्यूनिकरणका लागि पालिकाले चालु आर्थिक बर्षमा १० लाख रुपयाँ बजेट विनियोजन गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हिलोमा पनि धान काट्ने नयाँ चेन प्रविधिको मेशिनले किसानलाई सहज
Next post बर्षातको विपत्तीले ८३ जनाको मृत्युः झापामा दर्जनौ घर परिवार समस्यामा