बर्षातको विपत्तीले ८३ जनाको मृत्युः झापामा दर्जनौ घर परिवार समस्यामा

२६ असार २०८१/ सारासन्देश समाचार
पछिल्लो समय आएको बर्षाको कारण देशभर ८३ जनाको मृत्यु भएको छ । गत जेष्ठ २८ गते देखि आजसम्म बाढी पहिरोमा परी ८३ जनाको मृत्यु भएको हो । यस्तै १ सय ५ जना घाइते भएका छन् । यस्तै ८ सय ५८ परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालय काठमाण्डौंले जनाएको छ ।
यस्तै केही दिन यता परेको अविरल बर्षा र बाढीले झापाको विभिन्न स्थानमा क्षति पुर्याएको छ । यस्तै एक जना बालकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं. २ का ३ बर्षीय दिलसाद आलम मियाँ रहेका छन् ।
मेची खोलाको बाढीले मेची नगर नगरपालिका वडा नं. १ र ४ को सिमानाको प्रसाद गौंडामा लगाएको हात्तीबारको तार र पोल समेत बगाएको छ । यस्तै दक्षिणी झापाको गौरादह नगरपालिका वडा नं. ६ को टंगुवा बस्तीमा २५ घर डुवानमा परेका छन् ।

default

यता झापा गाउँपालिका वडा नं. १ को टप्पु बस्ती र वडा नं. २ को सुगाबथान बस्ती डुवानमा पर्दा ५१ घर परिवार प्रभावित बनेका छन् । कतिपय घर परिवार विस्थापित भई विधालयको भवनमा बसेका छन् ।
झापामा हालसम्म ४ जना बर्षात र २ जना चट्याङका कारण मृत्यु भइसकेको छ । यस्तै एक जना बालक खोलाले बगाएर वेपत्ता भएकोमा अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बर्षेनी कटान र डुवानको जोखिममा रहेका खोला तथा नदि तटीय क्षेत्र उच्च जोखिममा रहेकाले सतर्क रहन जिल्ला प्रहरी कार्यालय झापाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा पाठेघरको समस्या कम गर्न निशुल्क प्याड
Next post झापामा चैते धान १० प्रतिशतले बृद्धि