अलैंचीको निर्यात घट्योः मेची भन्सारबाट ७ अर्ब बढी मुल्यका अलैंची निर्यात

१८ साउन २०८१/झापा

पूर्वी नाकामा रहेको मेची भन्सारबाट गत आर्थिक बर्षमा अघिल्लो बर्षको तुलनामा अलैंची निर्यात घटेको छ । आर्थिक बर्ष २०७९/८० मा ८ अर्व २४ करोड १५ लाख १३ हजार मुल्यको अलैंची निर्यात भएको थियो । तर आर्थिक बर्ष २०८०/८१ मा ७ अर्व ९३ करोड ९ लाख ८ हजार रुपयाँको अलैंची निर्यात भएको छ । अन्य कृषि उत्पादनको निर्यात बढेको भए पनि अलैंचीको निर्यात केही कम भएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत सूचना अधिकारी गणपति कडेलले बताउनु भयो । कडेलका अनुसार अघिल्लो बर्षको तुलनामा अलैंचीको निर्यात परिमाणको हिसावमा झण्डै आधा घटेको छ भने मुल्यको हिसावमा ३० करोड बढीको कम हुन आएको छ ।

पूर्वी नेपालको खोल्छाको कालो सुन भनेर चिनिने अलैंची मुल्य बृद्धि हुँदा पनि ३० करोड बढी मुल्यको निर्यात कमी भएको छ । परिमाणको हिसावमा गत बर्ष ५० लाख ९ हजार ९० केजी अलैंची निर्यात भएको थियो । तर आर्थिक बर्ष २०७९/८० मा झण्डै दोब्बर ९९ लाख ३१ हजार २ सय २४ केजी अलैंची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा चैते धान १० प्रतिशतले बृद्धि
Next post भर्खरै दमक २ मा दुघर्टनाः एक जना घाइते