प्राङगरिक मल कारखाना संचालन गर्दै कमल गाउँपालिका (फाेटाे फिचर)

२३ साउन २०८१/डिकेश लामा

प्राङगरिक मलको परिणाम राम्रो देखिए पछि झापाको कमल गाउँपालिकाले कारखाना शुरु गरेको छ । प्रदेश सरकारले भवन निर्माणमा सहयोग गरे पछि रासायनिक मलको विकल्पमा ठूलो परिमाणमा प्राङगरिक मल उत्पादन थालेको हो ।

रासायनिक मलको प्रयोगले भन्दा राम्रो उत्पादन हुन थाले पछि कमलका किसानले प्राङगरिक खेतीलाई जोड दिन थालेका छन् । पालिकाले निशुल्क कमल एनपीके, युरिया, झोल मल लगायत किटनाशक विषादी समेत प्राङगरिक विधीबाटै उत्पादन गरेकाले किसानले यसको प्रयोगलाई जोड दिएका छन् । कमल गाउँपालिका वडा नं. १ का किसान लोकबहादुर पाण्डेका अनुसार पालिकाले बनाएका मलबाट उत्पादन पनि राम्रो र लामो समय काम गर्ने भएकाले आफूले व्यवसायिक तरकारी खेती गर्दै आएको बताउनु भयो ।

संघीय सरकारले बर्षेनी १५ देखि २० अर्व रुपयाँ रासायनिक मल खरिदमा खर्च गर्दै आएको छ । तर कमल गाउँपालिकाले भने सीमा पारीको कृषी उपार्जन प्रयोग नगर्ने नीति लिएको छ । जसका लागि आन्तरिक स्रोतको परिचालन गरी मल उत्पादनसँगै व्यवसायिक कृषिमा जोड दिएको पालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो । राईका अनुसार वडा नं. १ मा बनाइए जस्तो मल कारखाना हरेक वडामा स्थापना गरी अर्गानिकोन्मुख खेतीलाई जोड दिने बताउनु भयो ।

गाउँपालिकाले अघिल्लो बर्ष भारतका कृषि वैज्ञानिकको सहयोगमा डल्ले मल बनाउने तालिम लिएर किसानलाई मल वितरणसँगै तालिम दिने कार्य थालेको छ । मलको प्रयोगले उत्पादन बृद्धि देखि माटोको अवस्था समेत सुधार हुन थाले पछि यसको प्रयोगलाई जोड दिएको कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले बताउनु भयो ।

गोबर, सुली, सखर, बनको माटो, वेसन, गौमुत्र, चना तथा हड्डीको धुलो लगायतका बस्तुबाट मात्रात्मक मिश्रण गरी मल निर्माण गरिन्छ । पालिकाले उत्पादन गरेको मलले माटोको अवस्थामा सुधार देखि उत्पादन समेत बढेकाले रासायनिक मल हटाएर यसको प्रयोगलाई जोड दिइएको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २ साता नवित्दै नेपालमा अर्काे हवाइ दुर्घटनाः पाँच जनाकाे मृत्यु
Next post तरकारीबालीको आयात घट्यो