रुखले गर्दा मदन भण्डारी सडक निर्माणमा अवरोधः १७ हजार बढी रुख हटाउनु पर्ने

२ भदौ २०८१/डिकेश लामा

रुख हटाउने प्रकृया लामो समय देखि पुरा नहुँदा राष्ट्रिय गौरवको योजना मदन भण्डारी सडक निर्माणमा अवरोध आएको छ । कोशी प्रदेश खण्डमा झण्डै ७ अर्व खर्च भईसकेको सडक क्षेत्रको रुख नहटाउँदा सडक निर्माणको काम नै रोकिएको छ । कालोपत्रेका लागि तयार गरेको सडक रुख नहटाउँदा लगाएको गिटी तथा बालुवाहरु समेत खाल्डा पर्न थालेका छन् । बर्षातले गर्दा कतिपय स्थानमा क्षति समेत गरेको छ ।

यस अघि लागत लिँदा ८ हजार रुखहरु हटाउने श्रेणीमा रहेका थिए । तर बन निमावली २०७९ ले रुखको परिभाषा संशोधन गरे पछि २४ किलो मिटर बन क्षेत्रमा पर्ने रुखको संख्या दोब्बर बढेर १७ हजार ५ सय हाराहारीमा पुगेको छ । पुनः रुखको लागत लिने र पेश गर्नेक्रमले पनि रुख हटाउने काममा ढिलो भएको मदन भण्डारी राजमार्ग आयोजनाका प्रमुख गोपाल प्रसाद खकुरेलले बताउनु भयो । खकुरेलका अनुसार झापा र इलाम बाहेक मोरङ्ग सुनसरी क्षेत्रको सम्पूर्ण काम सकिएको छ । मन्त्री परिषदको वैठकले पारित गर्न साथ रुख हटाउने कार्य गरिने छ । रुख समयमा नहटाउँदा स्थानीय बासिन्दाले समेत सहज यात्रा गर्न पाएका छैनन् । कतिपय पुलहरु निर्माण भएर पनि एप्रोच सडक नजोडिँदा समस्या आएको छ ।

चुरे क्षेत्र भएर निर्माण हुँदै आएको मदन मार्ग झापाको मेची देखि सुनसरीको धरानसम्म गरी १ सय २८ किलो मिटर रहेको छ । हालसम्म ७ वटा प्याकेजमा ९५ दशमलव ८ किलोमिटर सडक मात्र ठेक्का लागेको छ । रुख नहटाइकाले नै काम नै अवरोध भएको निर्माण कम्पनि मोतिदान कन्ट्रक्सनका इन्जिनियर प्रल्लाद ढुङगानाले बताउनु भयो ।सामुदायिक बनका रुख नहटाइएको क्षेत्रमा सडकलाई कालो पत्रे गर्न तयार गरिएको छ । रुख नहटाइएको काराण सडक निर्माण रोकिएको छ । समयमा सडक नबन्दा बर्षातमा समस्या हुने गरेको स्थानीय बासिन्दाले गुनासो पोखेका छन् । कोशी प्रदेशको १ सय २८ किलो मिटर क्षेत्रमा ३७ वटा पुलहरु रहेका छन् । जस मध्ये २२ वटा पुल निर्माण भइसकेको छ । रुख नहटदा बनेको पुल पनि सहज संचालन हुन नसकेको सडक प्रभावित क्षेत्रका बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हिमताल फुटेर थामेमा बाढी आएको पुष्टिः नाम्चेभन्दा माथिआवातजावत ठप्प
Next post हात्ती लक्षित विरुवा रोपाईंमा जोडः हात्तीको क्षति माग गर्दै ५ सय निवदेन दर्ता