हात्ती लक्षित विरुवा रोपाईंमा जोडः हात्तीको क्षति माग गर्दै ५ सय निवदेन दर्ता

३ भाद्र २०८१/डिकेश लामा

मानव र हात्तीबीचको द्वन्द्वलाई कम गर्न झापामा हात्ती लक्षित बृक्षारोपणलाई जोड दिन थालिएको छ । जिल्लामा रहेका केही सामुदायिक बन तथा डिभिजन बन कार्यालयले समेत हात्ती लक्षित विरुवा रोपाईं गर्दै आएका छन् ।

औटेंगा अर्थात हात्तीफल नामक रुखमा फल्ने फल हात्तीले औधी रुचाउने गर्दछ । झापामा जंगली हात्तीले अधिक क्षति गर्न थाले पछि बन क्षेत्रमा हात्ती लक्षित विरुवा रोप्न थालेको डिभिजन बन कार्यालय झापाका सूचना अधिकारी अञ्जना पुरीले बताउनु भयो । पुरीका अनुसार ३० हजार बढी विरुवा खरिद र उत्पादन गरी रोप्ने कार्यलाई जोड दिइएको छ । यस्तै जिल्लामा रहेका ५९ सामुदायिक बन मध्ये पछिल्लो समय धेरै बनले खासगरी हात्ती लक्षित बोट विरुवा रोप्न थालेका छन् । जंगल भित्र हात्तीले खाने बोट विरुवा लगाउँदा झट्ट हात्ती बस्ती प्रवेश गर्ने अवस्था नआएको स्थानीय बासिन्दाले बताएका छन् । अन्य बनले केरा, बाँस लगायतका विरुवा समेत रोपेका छन् ।

जिल्लामा धनजनको क्षतिको माग गर्दै निवेदन दिनेको संख्या ५ सय नाघेको छ । अझै पनि १ करोड बढी रकम क्षति बापत वितरण गर्नु पर्ने रहेको छ । क्षति बढ्दै गए पछि जिल्लाका सुकेडाँगी, जामनुबाडी, जलथल, हातेमोालो लगायतका सामुदायिक बनले ३ बर्ष यता धमाधम हात्ती लक्षित विरुवा रोप्न थालेको विरुवा रोपाईंमा खटिनु भएका कन्काई नगरपालिका वडा नं. २ का कृष्ण चौहानले बताउनु भयो । चौंलागाईंका अनुसार जामुनबाडी सामुदायिक बनको छेऊछाउमा केरा, अम्बक, वाँस लगायतका विरुवा रोप्ने काम भएको छ । झापा जिल्लामा यस अघि १ दर्जन हाराहारीमा मात्र रैथाने हात्तीहरु रहेका थिए । तर पछिल्लो बृद्धि हुँदै ३ दर्जन बढी रैथाने हात्ती रहेकाले क्षती समेत बढ्न थालेको डिभिजन बन कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रुखले गर्दा मदन भण्डारी सडक निर्माणमा अवरोधः १७ हजार बढी रुख हटाउनु पर्ने
Next post लागु औषध कारोवार बर्षेनी बढ्दैः एक बर्षमा ४६२ जना पक्राऊ