४० बर्ष पछि इलामका तिम्सिना भारतीय जेलबाट मुक्त

७ चैत्र २०७७,काेलकता (भारत)– ४० वर्षदेखि भारतीय जेलमा रहेका दीपक जैसी नामले वाेलाइने इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार दिउँसो रिहा हुनुभएको छ ।

कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका तिम्सिना आज जेल मुक्त हुनु भएकाे हाे ।

उनलाई लिन दमदम जेलमा भाइ प्रकाशचन्द्र (काकाका छोरा) र विश्व मानवसेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत पुग्नु भएकाे छ । तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका हुन् । यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो ।

हत्या आरोपमा पक्राउ परेका तिम्सिनाको अभियोग प्रमाणित हुने कुनै सबुत भेटिएको छैन ।

उनका भाइ (काकाका छोरा) प्रकाशचन्द्रले ११ फागुनमा दाइको रिहाइका लागि कोलकातास्थित उच्च अदालतमा निवेदन दिनु भएकाे थियाे । अदालतले गत बुधबार दुर्गाप्रसादको दिमागी हातल ठीक नभएको भन्दै तत्काल छाड्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल आज ८२ निकाे, ८७ संक्रमित
Next post नेपाल आज १०६ निकाे ७७ जना संक्रमित