दुव्र्यसन न्यूनिकरण लागि खेल विकासमा जोड

२२ भदौ २०८१/झापा

हरेक बर्ष बढ्दै गएको लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि खेल विकासमा जोड दिन थालिएको छ । झापाको शिवसताक्षी नगरपालिकामा केही समय यता खेलको विकास गर्दै किशोर किशोरीलाई खेलमा जोड्ने अभियान थालिएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. १ का सामाजिक अभियन्ता दुर्गा नेम्बाङ सहितको सहयोगी दाताहरुले दुव्र्यसन न्यूनिकरणका लागि शनिबार मात्र १२ वटा ग्रामीण खेल क्लवलाई खेल सामाग्री वितरण गरेकोे छ । कार्याक्रमका प्रमुख अतिथि रहनु भएका कोशी प्रदेशका पूर्व कृषि मन्त्री झलकसिंह दर्लामीले लागु औषध दुव्र्यसन न्यूनिकरणका लागि अव सवै जुटनु पर्ने बताउनु भयो ।
लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि हरेक घरबाट सचेत हुनु पर्नेमा जोड दिइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले दुव्र्यसनी नियन्त्रणका लागि दुव्र्यसन विरुद्ध आमाहरु भन्ने कार्याक्रम समेत थालनी गरेको बताउनु भयो । उहाँले ग्रामिण क्षेत्रमा युवाहरुको पहलबाट थालिएका यस्ता कार्याक्रमले खेलको मात्र विकास नभइ बढ्दो दुव्यर्सन समेत कम गर्न टेवा पुग्ने बताउनु भयो ।
काठमाण्डौं पछि कोशी प्रदेशमा दुव्यसनी समस्या अधिक बढ्दै गएको छ । पछिल्लो समय झापामा पनि ब्राउन सुगरको प्रयोग बढ्दै गएको छ । गएको आर्थिक बर्षमा मात्र २ दशमलम ५ केजी व्राउन सुगर बरामद गरिएकाले अव घर–घरबाट हस्तक्षेप गर्नु पर्ने अवस्था आएको झापा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मिलन केसीले बताउनु भयो ।
यस्तै कार्याक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थोप्रा रोशन, नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, किरात याक्थुङ चुम्लुङ्ग झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, सतासी जेसिजका अध्यक्ष दारुमान राई, खेलाडी रविन थापा, युवा उद्यमी सन्तोष थोप्रा लगायतले बढ्दो दुव्र्यसनी न्यूनिकरणमा आयोजक समितिका मुख्य व्यक्ति नेम्बाङले थालेको कार्य सवै तिर पुर्याउने र युवा पुस्तालाई शीपमा जोड्नु पर्ने बताएका छन् ।
कार्यक्रमका सभापति दुर्गा नेम्बाङले उपस्थित अतिथिलाई मायाको चिनो समेत प्रदान गर्नु भएको छ ।

झापा जिल्लामा गएको बर्ष मात्र ४ सय ६२ जना लागु औषध कारोबारी पक्राउ परी जेल चलान भएको जिल्ला प्रहरीको तथ्याङक छ । ग्रामिण खेल विकासले दुव्र्यसनी न्यूनिकरणमा टेवा पुग्ने भएकाले खेल क्षेत्रको विकासमा सवै जुट्नु पर्ने सरोकारवालाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै
Next post लखनपुरमा रहेको आयुर्वेदिक प्रादेशिक अस्पताललाई अध्ययन केन्द्र बनाइने