लखनपुरमा रहेको आयुर्वेदिक प्रादेशिक अस्पताललाई अध्ययन केन्द्र बनाइने

२३ भदौ २०८१/डिकेश लामा

कोशी आयुर्वेदिक प्रार्देशिक अस्पताललाई अध्ययन प्रतिष्ठानसँगै औषधी उत्पादनको हवको रुपमा विकास गर्ने तयारी थालिएको छ । कोशी प्रदेश सरकारले गठन गरेको अध्ययन टोलीले २ महिनाभित्र रिर्पोट बुझाए पछि चरणबद्ध तवरबाट कामको थालनी हुने बताइएको छ ।

झापाको कमलमा रहेको कोशी प्रदेश स्तरीय प्रादेशिक अस्पतलाले अन्तरंग विभाग सहित स्तरीय सेवाको प्रारम्भ आइतबार देखि थालेको छ । संघीय सरकारको २० करोड रुपयाँमा ५ बर्ष अघि निर्माण भएको अस्पताललाई अव आयुर्वेदिक स्वास्थ्य विज्ञान प्रतिष्ठान सहितको स्तरीय अस्पताल निर्माण गर्ने कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले बताउनु भयो । कार्कीका अनुसार कार्यदलले ल्याएको रिर्पोटका आधारमा नीति, व्यवस्थापन र अन्य काम समेत गरेर देशकै उत्कृष्ट आयुर्वेदिक अस्पताल बनाइने बताउनु भयो ।

आयुर्वेदिक चिकित्सा सेवा, जडिबुटी, शिक्षा तथा अध्ययन अनुसन्धान सम्भाव्यता अध्ययन तथा कार्यायोजना तर्जुमा दल निर्माण गरी काम थालिएको छ । डा. खेमबहादुर कार्कीको संयोजनमा बनेको ८ सदस्यीय कार्य दलले ल्याउने नीति तथा कार्यक्रमलाई प्रदेश सरकारले सहयोग गर्ने मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयका मुख्य सचिव केदार नाथ शर्माले बताउनु भयो ।

अन्तरंग विभाग, भिडियो एक्सरे, एक्सरे, ल्याब सेवा लगायत संचालन थाले पछि हाल १९ जनाको दरबन्दी रहेको ५० वेड क्षमताको अस्पतालमा थप जनशक्तिको खाँचो रहेको छ । जसका लागि प्रदेश सरकारले चाँडै व्यवस्थापन गर्नु पर्ने अवस्था रहेको अस्पतालका निमित्त प्रमुख डा. सिद्धार्थ ठाकुरले बताउनु भयो ।

अस्पतालमा अहिले कोशी प्रदेशमै पहिलो पटक क्षार सुत्रबाट गरिने उपचार र विभिन्न प्रकारका पञ्चकर्मलाई समेत संचालनमा ल्याइएको छ । अस्पताल संचालन गरेको ५ बर्ष पछि बल्ल जटिल प्रकारका रोगहरु समेत उपचार गर्न संभव बन्दै गएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दुव्र्यसन न्यूनिकरण लागि खेल विकासमा जोड
Next post झापामा २ हेक्टर बढी जुट खेती विस्तार