प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै

२१ भदौ २०८१/झापा
कोशी प्रदेश स्तरीय प्रादेशिक अस्पतलाले अन्तरंग विभाग संचालनको तयारी थालेको छ । कमल गाउँपालिकामा निर्माण भएको ५० शैयाको अस्पतालले सेवा संचालन थालेको ३ बर्षमा आएर विशिष्ट सेवा दिन सक्ने क्षमतामा पुगेको आज गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।
अस्पतालका निमित्त प्रमुख डा. सिद्धार्थ ठाकुरका अनुसार यही भदौ २३ गते कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा अस्पतालको सेवा विस्तारको औपचारिक थालनी गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाले नयाँ प्रविधिको स्वास्थ्य सामाग्री उपलव्ध गराए पछि थप सेवा विस्तार थाल्ने डा. ठाकुरले बताउनु भयो ।


उद्घाटनका दिन अस्पतालले भिडियो एक्से, इसीजी तथा ल्यावका सेवाहरु समेत निशुल्क गर्ने जानकारी दिइएको छ । संघीय सरकारको झण्डै २० करोड लगानीमा निर्माण भएको आयुर्वेदिक अस्पतालमा पछिल्लो समय दैनिक एक सय जना बढी विरामीले सेवा लिँदै आएका छन् । अस्पतालमा अन्तरंग सेवा र विमा कार्याक्रम समेत संचालन गरे पछि विरामीको संख्या थप बृद्धि हुने अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा ड्राइगन फल उत्पादनमा गिरावट
Next post दुव्र्यसन न्यूनिकरण लागि खेल विकासमा जोड