झापामा २ हेक्टर बढी जुट खेती विस्तार

२५ भदौ २०८१/झापा
अनुदान उपलव्ध गराए पछि झापामा अघिल्लो बर्षको तुलनामा २ हेक्टर क्षेत्रफल बढी जुट खेती भएको छ । अघिल्लो बर्ष ५ सय ५० हेक्टरमा भएको जुट खेती गत बर्ष ५ सय ५२ हेक्टर क्षेत्रफलमा भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।


गत आर्थिक बर्षमा कृषि फार्म तथा सहकारी मार्फत परिक्षण योजनाको रुपमा १० स्थानमा जुट खेती गरिएको छ । जसका लागि ५ लाख रुपयाँ बजेट विनियोजन भएको थियो । सरकारले उचित नीति र अनुदानको कार्याक्रम राख्न सके जुट खेती विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो ।  विष्टका अनुसार पाइलट कार्यक्रम राम्राे भएमा भावी दिनमा थप विस्तार गरिने बताउनु भयाे ।
नेपालमा जुट मिललाई चाहिने कच्चा पदार्थ र जुटबाट बनेको सामाग्री भारतबाट आयात हुने गरेको छ । झापाको मेची भन्सारबाट मात्र आर्थिक बर्ष २०८०/८१ मा ३ अर्व ४६ करोड मुल्यको जुट तथा जुटबाट बनेका सामान आयात भएको कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लखनपुरमा रहेको आयुर्वेदिक प्रादेशिक अस्पताललाई अध्ययन केन्द्र बनाइने
Next post उपसभामुख रानाको राजीनामाको विषयले सदन तात्याे