मृत्यु भएका पत्रकारका परिवारलाई १ लाख नगद

२८ भदौ २०८१/झापा
झापामा मृत्यु भएका पत्रकारका परिवारलाई अव एक लाख रुपयाँ दिइने भएको छ । शुक्रबार मृत्यु भएका पत्रकारका परिवारलाई एक लाख रुपयाँसम्म प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले देशमै पहिलो पटक पत्रकार उपचार कोषको कार्यविधी बनाएर नगद प्रदान गर्न थालिएको हो ।
झापाका अग्रज पत्रकार स्वर्गीय नेत्र पाठकको गएको असार ३१ गते ७२ बर्षको उमेरमा निधन भएको थियो । उहाँको श्रीमति सीता र बुहारी हिमालाई महासंघ झापाले औपचारिक कार्याक्रम गरी मृत्यु पछि पाउने रकम पहिलो पटक प्रदान गर्ने कार्याक्रमको थालनी गरिएको नेपाल पत्रकार महासंघ झापाका शाखाका अध्यक्ष एकराज गिरीले बताउनु भयो ।

महासंघ झापा शाखाका पूर्व अध्यक्ष भिम नेम्बाङ्गको कार्यकालबाट पत्रकारका लागि उपचार कोष शुरु गरिएको थियो । कोषको रकम गत बर्ष १ करोड ११ लाख पुर्याइ पछि सुत्केरी, विरामी र जोखिममा सानो कोषबाट थालनी भएको पत्रकार उपचार कोषले पछिल्लो समय विभिन्न क्षेत्रमा सहयोग गर्न थाले पछि ठूलो पुगेको अग्रज पत्रकारहरुले बताएका छन् ।
महासंघका सचिव डिकेश लामाले संचालन गरेको कार्याmक्रमबारे उपाध्यक्ष केशव भट्टराईले प्रष्ट पार्नु भएको छ । यस्तै कार्याक्रममा पूर्व अध्यक्ष केशव आचार्य, भिम नेम्बाङ र रकम बुझ्दै स्व. पत्रकार पाठककी बुहारी हिमा पाठकले मन्तव्य राख्नु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा प्रसाद खाँदा विषादी बने पछि ७२ जना विरामी
Next post पूर्वमा खडेरी पश्चिममा बर्षाले सास्तीः २५० बढी घर परिवार विस्थापित