झापामा प्रसाद खाँदा विषादी बने पछि ७२ जना विरामी

२७ भदाै २०८१, झापा– घर पूजामा खाएकाे प्रसादबाट ६ दर्जन हाराहारीका मानिसहरू विरामी परेका छन् । मंगलबार अजुर्नधारा नगरपालिका वडा नं. ९ काे रीता निराैलाकाे घरकाे पूजामा खाएकाे प्रसादका काराण ७२ जना विरामी भएका छन् । सामान्य उपचार पछि डिस्चार्ज भएका ५२ जना मध्ये पुनः ४९ जना बुधबार र विहीबार भर्ना भएका छन् ।
बिहीबार नयाँ र पुराना गरी ७२ जना विरामी भर्ना भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिनु भएकाे छ । पूजामा सहभागीहरूकाे उमेर ६ देखि ७७ वर्ष सम्म रहेकाे छ । बिरामीहरुमा १०४ डिग्रीसम्म ज्वरो आउने, वान्ता हुने, पखाला लाग्ने समस्या भएको उहाँले जानकारी दिनु भयाे ।

१५ शैयाको शनिश्चरे अस्पतालमा जनशक्ति तथा पूर्वाधार अभाव भएको साथै १० वर्षभन्दा कम र ७० वर्षभन्दा माथिका बिरामीलाई जटिलता आउने सम्भावना हुने भएकाले १५-२० जनालाई मेची प्रादेशिक अस्पताल रेफर गरिएकाे छ । उहाँका अनुसार बिरामीलाई जटिलता आए अन्यत्र लैजान ३ वटा एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मुख्य सदरमुकाम जाने सडक नबन्दा समस्या (फाेटाे फिचर)
Next post मृत्यु भएका पत्रकारका परिवारलाई १ लाख नगद