पूर्वमा खडेरी पश्चिममा बर्षाले सास्तीः २५० बढी घर परिवार विस्थापित

२८ भदाै २०८१, कञ्चनपुर–  पूर्वी नेपालकाे अधिकाशं भागमा लामाे समय पानी नपरेर गर्मी बढ्दै गएकाे वेला पश्चिम नेपालका विभिन्न भाग अबिरल बर्षासँगै आएको बाढीले बस्तीहरू डुवानमा परेका छन् । महाकालीमा नदीमा आएकाे बाढीले भुजेला खोला थुनिँदा कञ्चनपुरका केही बस्तीहरु डुबानमा परेका छन् । भीमदत्त नगरपालिका वडा नं. १२ भुजेला क्षेत्र र ऐरीघाटका ७० परिवार भन्दा बढी बाढीले बिस्थापित भएका छन् । बिस्थापितहरु बन्दोबस्तीका सामान र गाइबस्तुसहित १२ नम्बर वडा कार्यालय र महाकाली किनाराको सडक छेउमा बस्न बाध्य भएका छ्न्  । यता पूर्वी नेपाल विभिन्न जिल्लामा पानी नपरेका कारणा खाेला तथा नदिहरू सङ्लिनका थालेका छन् । खाेलाकाे सतह घटे पछि कुलाे तथा नहरमा पानी चलाउन समस्या हुन थालेकाे छ ।

उता जोगुढा नदीले डुवान गर्दा दोधारा चाँदनी नगरपालिका वडा नं. ३, पटर खल्ला वडा नं.१० कुतियाकवर लगायतका क्षेत्रहरुमा १३० भन्दा बढी घर परिवार बिस्थापित भएका छन् । पुनर्वास नगरपालिकाको रातो ताल, दशरथ बस्ती लगायतका क्षेत्रहरुमा डुवान हुँदा ५५ परिवार विस्थापित भएका छन् । बाढीले लत्ताकपडा , खाद्यान्न ,बन्दोबस्तीका सामान र घरमा राखिएका आवश्यक अन्य सरसमान समेत भिजेर नष्ट भएका छन् ।

उद्धारको काम जारी रहेको र बाढी प्रभावितहरुलाइ सुरक्षित स्थानमा सार्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभएको छ । सबै सुरक्षा निकाय परिचालन गरिएको प्रजिअ सापकोटाको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतका बिभिन्न निकायहरुबाट उद्धारको काम भैरहेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मृत्यु भएका पत्रकारका परिवारलाई १ लाख नगद
Next post गिरीबन्धु लगायतका प्रकरण छोप्न बर्तमान सरकार बन्योः प्रचण्ड