चाडबाड लक्षित तरकारी खेतीमा किसान व्यस्त (फाेटाे फिचर)

६ असोज २०८१/डिकेश लामा

चाडबाडको वेला निकालिएका तरकारीबालीले राम्रो मुल्य पाउने भए पछि झापाका किसानले त्यस्ता खेतीलाई जोड दिँदै आएका छन् । यतिखेर रोपेका वेमौषमी सागसब्जीले दशैं, तिहार र छटमा राम्रो मुल्य पाउने भए पछि किसानहरु धमाधम खेती जुटेका छन् । व्यवसायिकरुपमा तरकारी खेती गर्ने किसानले बजारको अवस्था हेरेर खेती गर्न थालेका छन् । कुन सिजनमा कुन बाली उत्पादन गर्दा राम्रो कमाइ हुन्छ भन्ने अवस्था बुझेर चाडबाड लक्षित खेती गर्न थालेको कमल गाउँपालिका वडा नं. २ का किसान सरिता पौडेलले बताउनु भयो ।

यस्तै यता झापाको दमक वडा नं. ९ मा संचालित सेतुमारी कृषि सहकारी संस्थाले पनि बर्षेनी चाडबाड लक्षित तरकारी खेती गर्दै आएको छ । यतिखेर वेमौषमी काँक्रा, बोडी लौका र अन्य तरकारी बाली रोप्न थालेको खेतीमा काम गर्दै आउनु भएका राजन विश्वकर्माले बताउनु भयो । विश्वकर्माका अनुसार दशैं पछि तिहार र छटमा विक्री हुने गरी २ वटा टनेलमा धमाधम काँक्रा रोप्ने र थाङ्ग्रा लगाउने काम भईरहेको छ ।


सेतुमारी कृषि सहकारीमा केही बर्ष अघि थोरै किसान मात्र अर्गानिक उन्मुख खेतीमा लागेका थिए । तर वेमौषमी खेती गर्न अर्गानिक विधि उपयुक्त हुने भए पछि पछिल्लो समय दोब्बर बढी किसानले तरकारी खेती गरेर बजारीकरणमा जोडिएको संस्थाका अध्यक्ष सोमबहादुर तामाङले बताउनु भयो । ३५ जना किसानबाट अर्गानिकउन्मुख खेती थालेको सहकारीले अहिले ८५ जना किसानसम्म विस्तार भइसकेको उहाँले बताउनु भयो ।

झापा जिल्लामा ३ बर्ष यता व्यवसायिक तरकारी खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । १० हजार हेक्टर क्षेत्रफल हाराहारीमा खेती हुने जिल्लामा किसानले वेमौषमी र चाडबाड लक्षित खेती गर्दा राम्रो आम्दानी समेत लिने गरेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेशी प्रदेश पर्यटन बर्ष २०८२ का लागि सिमापार पर्यटन प्रवर्धनमा जाेड
Next post पूर्वी नेपालकाे सिमाका बजारमा कारोवार सुस्त (फाेटाे फिचर)