पूर्वी नेपालकाे सिमाका बजारमा कारोवार सुस्त (फाेटाे फिचर)

७ असोज २०८१/डिकेश लामा

कोरोना कहर पछि सुस्ताएको पूर्वी नेपालको सीमा क्षेत्रका बजारहरुमा अझै पनि कारोवार बढ्न सकेको छैन । चाडबाड नजिकैसँगै बजारमा विक्री बढ्ने आशामा बसेका व्यवसायीहरुमा विक्री नबढे पछि खासै उत्साह आउन सकेको छैन । पूर्वी नेपालको काँकडभिट्टा रानीगंज नाका क्षेत्रका दुवै देशका बजारहरु अझै पनि पहिलेको गतिमा आउन सकेको छैन । चाडबाड नजिकिएसँगै व्यापार व्यवसाय बढ्ला भन्ने आशा यो बर्ष पनि निराशा बन्दै गएको पानीट्याङकीका व्यवसायीहरुले बताएका छन् ।

कोरोना काल पूर्व पानी ट्याङकी बजारमा मानिसको खुट्टा राख्ने ठाउँ पाउन मुश्किल हुने गरी भीड हुन्थ्यो । भारतीय भूमिमा नेपालीको बर्चश्य रहेको पानीट्याङ्की बजारको व्यवसाय बढ्न नसकेको लामो समय देखि व्यवसाय गर्दै आउनु भएका राजकिशोर यादवले बताउनु भयो । यादबका अनुसार कोरोना काल पूर्व दैनिक १५ देखि २० हजारको व्यापार हुँदै आएकोमा पछिल्लो समय ५ हजारको विक्री गर्न पनि समस्या हुने गरेको बताउनु भयो ।

झापाको काँकडभिट्टा र पानीट्याङकी बजार नेपाल भारतको सिमानामा रहेका मुख्य बजार हुन् । पूर्वी नेपालको दोस्रो ठूलो नाकामा रहेका यी बजार मात्र नभएर अन्य क्षेत्रमा पनि राम्रो कारोवार हुन नसकेको नेपाल र भारतमा व्यवसाय गर्दै आउनु भएका अमित लामाले बताउनु भयो । लामा नेपालको काठमाण्डौं र पानीट्याङ्कीमा रेडीमेड कपडाको व्यवसाय गर्दै आउनु भएको छ । कपडा खरिदका लागि भारतको कलकता देखि अन्य बजारमा पुग्दा पनि पछिल्लो समय खासै खरिद विक्री नभएको उहाँले बताउनु भयो ।


लामो समय पछि नेपालको उत्तरी सिमाना चाइनासँगको नाका संचालन आउन थाले पछि भारत भएर यो नाका हुँदै आउने सामानहरु घटेको छ । जसका कारण सिमाका बजारको कारोबार मात्र नभएर राजश्व संकलन समेत घट्दै गएको मेची भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चाडबाड लक्षित तरकारी खेतीमा किसान व्यस्त (फाेटाे फिचर)
Next post दमकमा व्यवसाय बढाउन साँगितिक कार्याक्रम