विपदबाट १३२ जनाकाे मृत्युः काेशी प्रदेशमा सवैभन्दा धेरै विस्थापित झापामा(ड्राेन फाेटाे फिचर)

१३ असाेज २०८१, सारासन्देश समाचार– पछिल्लाे ३ दिन यताकाे प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या १ सय ३२ पुगेको छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट तीन हजार छ सय २६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट आज बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको एक सय ९३ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले बढी जोखिममा फसेका नागरिकको उद्धारका लागि दुई दिनदेखि खटिरहेको छ ।

यता बाढी पहिरोमा परी काेशीमा ५ सय ४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।
यस्तै झापामा गएराती देखि कन्काइ नदिकाे बाँध फुटेर बस्ती तर्फ पसे पछि थप जाेखिम भएकाे छ । गौरीगंज गाउँपालिका वडा नं. १ हुलाकी सडक उत्तर तर्फको बाँध फुटाएर बाढी बस्ती तर्फ मोडिए पछि सयौं घर परिवार डुवान र कटानका जोखिमा परेका छन् । वेलुकाबाट पानी पस्न थाले पछि बढ्दै गएर सडक नै बगाउने अवस्था सृजना भएकाले तत्काल राहत र उदारको आवश्यकता भएको स्थानीय बासिन्दाले बताएका छन् ।

राज्यले समयमा चासो नदिए र पानी परिरहेमा सिंगो गाउँ बग्ने खतरामा परेको छ । गौरींगंज १ को झोडा बस्ती गाउँ अहिले टापुमा परिणत भएको छ वरिपरि नदिले घेरे पछि त्यहाँका मानिसहरुको अर्को गाउँसँग भौतिकरुपमा सम्पर्क हुन सकेको छैन ।
झापा जिल्लामा हालसम्म बाढीका कारण २ जना मृत्यु र १ जना वेपता भएका छन् । यस्तै २३८ घर परिवारका १ हजार बढी मानिस विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post धादिङकाे झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिएः देशभर ६६ जनाकाे मृत्यु
Next post सक्षम बने हिंसा कम हुन्छः भूटानी महिलाहरू कराते खेल सिक्दै (भिडियाे कथा)