१२ असाेज २०८१, धादिङ– काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट तथा नम्बर नखुलेको बसबाट ती शवहरु निकालिएका हुन् । पहिरोबाट तीनवटा सवारीसाधन पुरिएका छन् ।
पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी रहेको प्रजिअ पाण्डेले जानकारी दिनु भएकाे छ । देशभर ३ दिनकाे बर्षा र बाढीले ६६ जनाले ज्यान गुमाइसकेका छन् भने ६९ जना वेपत्ता रहेकाे प्रहरी प्रधान कार्यालय काठमाण्डाैंले जनाएकाे छ ।
