
१४ असाेज २०८१, काठमाडौँ – पछिल्लाे समय आएकाे भारी वर्षाका कारण भएकाे विपतले मृत्यु हुनेको संख्या २ सय ५ जना पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको हो । त्यस्तै, घाइते १३२ जना घाइते र ३३ जना अझै बेपत्ता रहेका छन् ।
प्रहरीका अनुसार विपद्मा परेका ४ हजार २ सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दै गएकाे छ ।
