विपदले २०५ जना मानिसकाे मृत्युः अझै ३३ जना वेपत्ता

१४ असाेज २०८१, काठमाडौँ – पछिल्लाे समय आएकाे भारी वर्षाका कारण भएकाे विपतले  मृत्यु हुनेको संख्या २ सय ५ जना पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको हो । त्यस्तै, घाइते १३२ जना घाइते  र ३३ जना अझै बेपत्ता रहेका छन् ।

प्रहरीका अनुसार विपद्‌मा परेका ४ हजार २ सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दै गएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सक्षम बने हिंसा कम हुन्छः भूटानी महिलाहरू कराते खेल सिक्दै (भिडियाे कथा)
Next post पेट्रोलियम पदार्थको मूल्य घट्यो