पेट्रोलियम पदार्थको मूल्य घट्यो

१४ असाेज २०८१, काठमाडौँ– चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।
आज साेमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रू ६ तथा बाह्यमा प्रतिहजार लिटरमा रू ४५, मट्टीतेलमा रु २ घटाइएको जनाइएकाे छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विपदले २०५ जना मानिसकाे मृत्युः अझै ३३ जना वेपत्ता
Next post झापामा एकै दिन २ वटा लाश फेला