झापामा एकै दिन २ वटा लाश फेला

१४ असोज २०८१, झापा– झापामा आज एकै दिन २ वटा लाख भेटिएका छन् । पछिल्लाे समय परेकाे अविरल बर्षा र बाढी बगेकाे क्षेत्रमा लाश फेला परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ  । साेमबार मेची नदीमा एक बेवारिसे शव फेला परेको थियो । दिउँसो १ बजे भद्रपुर नगरपालिका –३ झोलुङ्गे पुलस्थित मेची नदीको बिच भागमा डुबेको अबस्थामा एकजना पुरुषको शव फेला परेको बताइएकाे छ ।

यस्तै आज दिउँसो अन्दाजी साढे ३ बजे शिवसताक्षी –७ स्थित कन्काई नदीको पानीको बिच भागमा बेवारिसे शव फेला परेको हो । तत्काल नाम, थर, वतन नखुलेको पुरुष मानिसको शव घोप्टो परी शरीर सुन्निएर गलेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।  फेला परेका लाशकाे थप अनुसन्धान तथा कानूनी प्रक्रिया अनुसार शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पेट्रोलियम पदार्थको मूल्य घट्यो
Next post झापामा जोखिममा परेका बाढी पीडितको गुनासाेः नेताले समस्या पर्दा हेरेनन् (फाेटाे फिचर)