शरणार्थी बसोवास क्षेत्रलाई पर्यटकीय स्थल बनाइँदैः तेस्रो मुलुक पुगेका भुटानीबाट संरचना निर्माण गरिँदै(फाेटाे फिचर)
२२ कार्तिक २०८१/डिकेश लामा
लामो समय भुटानी शरणार्थी बसोवास गरी खाली भएको क्षेत्र सुनसान बन्दै गए पछि भूटानी शरणार्थी स्मृतिका भौतिक संरचनाहरु निर्माण हुन थालेका छन् । पूर्वी नेपालको ३ वटा शिविर खाली भएको झण्डै १ दशक पछि पर्यटक आकार्षणका लागि पूर्वाधारहरु निर्माण हुन थालेका हुन् ।
कुनै वेला २० औं हजार भूटानी शरणार्थी बसोवास रहेको यो गोल्धाप शरणार्थी शिविरको तस्विर हाे । जुन स्थानलाई सरकारले आर्थिक बर्ष २०७५÷७६ मा सय नयाँ तथा विकास गर्नु पर्ने गन्तव्य स्थानमा सूचिकृत गरेको हो । झापा आन्दोलनका शहिद नेत्र घिमिरे स्मृति पार्क नामाकरण गरी हालसम्म झण्डै ३ करोड बजेट खर्च भएको क्षेत्रमा अझै पनि बजेट अभावकै कारण संरक्षणमा चुनौति थपिएको पर्यटकीय क्षेत्र विर्तामोड नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष कृष्ण अविरल खरेलले बताउनु भयो । खरेलका अनुसार झण्डै ७० करोड हाराहारीको विस्तृत परियोजना प्रतिवेदन रहेको भए पनि हालसम्म आवश्यक बजेट विनियोजन नहुँदा बनाइएका संरचना समेत सुरक्षा गर्न चुनौति थपिएको बताउनु भयो ।
शरणार्थीहरुको घना बसोवास रहेको यो क्षेत्रमा बनेका संरचनाहरु समेत जिर्ण बन्दै गएका छन् । सो क्षेत्रबाट तेस्रो मुलुक जाने भूटानीहरुले समेत भौतिक संरचना निर्माणमा सहयोग गर्न थालेको आफन्तको स्मरणमा कंक्रिटको फलैंचा निर्माण गरी हस्तान्तरण गर्न अमेरिकाको न्यू हाम्सपायरबाट आउनु भएका रिचार्ड दासले बताउनु भयो । दासका अनुसार झण्डै ७ लाख खर्च गरेर बनाइएको फलैंचा आफ्ना वितेका परिवारको स्मृतिमा बनाइएको हो । हजुर बुवा नैनसिंह दास, हजुरआमा पञ्चमाया दास र भाइ ताराविर दासको नाममा गोगाकार फलैंचा बताइएको उहाँले बताउनु भयो ।
त्यसो यस बाहेक शरणार्थी बसोवास गरी खाली भएको खुदुनाबारी, टिमाई लगायत क्षेत्रमा समेत सरकार र तेस्रो मुलुक पुगेका भुटानीहरुको सहयोगमा अन्य केही संरचनाहरु निर्माण हुँदै आएका छन् । जसले गर्दा पर्यटकको आकार्षण समेत बढेको खुदुनाबारी शरणार्थी शिविर रहेको कैँदले पर्यटन क्षेत्रका उपाध्यक्ष दिपक दाहालले बताउनु भयो । दाहालका अनुसार पहिले संचालनमा खर्च हुन्थ्यो भने अहिले केही रकम भए पनि पर्यटनका कारण संकलन हुन थालेको छ ।
सरकारले समेत करोडौं रकम खर्च गर्दै आएका पर्यटकीय क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट संरक्षणमा चुनौती थपिएको छ । तेस्रो मुलुक पुगेका भुटानीलाई समेत सहयोग लिएर उनीहरुको इतिहासलाई जिवित राख्ने कार्य गर्न सकिए पर्यटन क्षेत्रमा थप विकास हुने स्थानीय बासिन्दाको भनाइ छ ।