झापाकाे गाैरादहमा तोरीकाे मुल विउ खेतीमा अनुसन्धान शुरु
१९ मंसिर २०८१/डिकेश लामा
झापाको गौरादह नगरपालिकाले तोरी खेतीमा अनुसन्धान शुरु गरेको छ । तोरीमा आत्मानिर्भर कार्याक्रम अन्तर्गत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद र नगरपालिकाको त्रिपक्षीय सम्झौताबाट तोरी खेतीमा अनुसन्धान थालिएको हो ।
झापाका केही स्थानीय पालिकाले तोरीमा आत्मानिर्भर हुने गरी अनुदानमा उन्नत विउ उत्पादन कार्याक्रम शुरु गरेका छन् । यस बर्ष झापाको गौरादहमा तोरीको अनुसन्धान इकाइको रुपमा कार्याक्रम थालिएको नमूना खेतीका अध्यक्ष वेदनिधि चापागाईंले बताउनु भयो ।
प्रिती प्रजातिको तोरीको खेती दुई तरिकाले गरिएको छ । खेतबारीमा जग्गाको बराबरी भागमा पराम्परागत तरिकाले छरिएको छ भने त्यतिनै क्षेत्रमा ड्याङ प्रविधिमा खेती गरिएको रेखदेखमा खटिँदै आउनु भएकी कृषि प्राविधिक कल्पना खतिवडाले बताउनु भयो । खतिवडाका अनुसार एक तरिकाले पराम्परागत तरिकाले विउ छरिएकाे छ भने एक तरिकामा लाइनमा राखेर विउ छरिएकाे छ ।
गौरादहले अघिल्लो बर्ष पनि तोरीको मुल विऊ उत्पादनका लागि अनुदानमा विऊ वितरण गरेको छ । जसले गर्दा खेती बर्षेनी विस्तार हुन थालेको किसानले बताएका छन् ।
झापा जिल्लामा ३ बर्ष यता तोरी खेती विस्तार हुँदै गए पछि ६ हजार हेक्टर क्षेत्रफल हाराहारीमा तोरी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । सरकारले समेत तोरी खेतीमा जोड दिन थालेकाले खेती तर्फ किसानको आकार्षण बढ्दै गएको उनीहरुको भनाइ छ ।