ताप्लेजुङमा सवारी सञ्चालन बन्दः व्यवसायीमाथि कुटपीटकाे भत्सर्ना

९ फाल्गुण २०८१, ताप्लेजुङ–  केबलकार निर्माण विराेधी समूहले बिहीबार एक चालकलाई कुटपिट गरी गाडीमा क्षति पुर्‍याएको भन्दै यातायात व्यवसायीहरूले बन्दकाे घाेषणा गरेका छन् । व्यवसायी माथि निर्घात कुटपीट र सवारी साधान ताेडफाेड गरेकाे भन्दै  ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आजबाट ताप्लेजुङमा सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ ।

पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकारको सन्दर्भलाई लिएर केबलकार खारेजी पक्षले गरिरहेको आन्दोलनको क्रममा बिहीबार पाथीभरामा आउने काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा साङ्घातिक आक्रमण गरी मे १ ज २५७९ नम्बरको सवारी साधनमाथि नियन्त्रणमा लिई गाडीमा समेत क्षति पुर्याउनुको साथै चालक राजकुमार पौडेललाई  मरणासन्न हुनेसम्म कुटपिट गरेको घटना प्रति सवारी चालक मजदुर संघले विज्ञप्ती प्रकाशित गरी भर्त्सना  गरेको छ ।

आज शुक्रबारदेखि मेची राजमार्ग, तमोर करिडोर र धरान-वसन्तपुर- गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सम्पूर्ण सडक सडक साथै जिल्लाका अन्य शाखा सडकहरूमा समेत चल्ने सम्पूर्ण यातायातका साधन बन्द गरिएको विज्ञप्तीमा उल्लेख्य गरिएकाे छ । ४ जिल्लाका संयाेजकले हस्ताक्षर गरी जारी गरिएकाे विज्ञप्तीमा अतिआवश्यक सवारी साधान बाहेक सबै बन्द गर्न र नगरी संचालन गरे आफै जिम्मेवार हुनु पर्ने जनाएकाे छ ।

नेपाल सरकारलाई २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाई चर्को मूल्यमा बैंकबाट ऋण लिई खरिद गरी किस्ता तिर्दै आत्मनिर्भर हुन रोजगारी गरिरहेको अवस्थामा जीवनयापनको आधारमै क्षति पुर्याउने जस्ता अमानवीय कार्यप्रति खेद प्रकट गर्दै अपराधीलाई तुरुन्त कानुन बमोजिम कारबाही र क्षतिपूर्ती भरणकाे माग समेत  ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले गरेकाे छ  ।

नाे केवलकार पक्षधरले बन्द गराउँदै आएकाेमा व्यवसायीले समेत विज्ञप्ती जारी गरी बन्दकाे घाेषणा गर्दा लामाे दुरी हिडेका यात्रुहरू भने मारमा परेका छन् ।

यता हिजाे ताप्लेजुङमा  ‘नो केवलकार’ समूह र प्रहरीवीच भएको झडपमा १३ जना घाइते भएका छन् । घाइते लिन गएको रेडक्रसका कर्मचारी चढेको ट्याक्सीका चालक राजकुमार पौडेल, ११ सुरक्षाकर्मी र एक आन्दोलनकारी घाइते भएका हुन । ‘नो केवलकार’ समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राको अन्तिम दिन आन्दोलनकारी केबलकार बेस स्टेशन निर्माणतर्फ अगाडि बढेका थिए । निर्माणस्थल मै प्रबेशका लागि गरेको प्रयास र सुरक्षाकर्मीले रोक्न खोज्दा झडप भएको हो । प्रहरीले भीड नियन्त्रण गर्न ७ सेल अश्रुग्यास हानेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
घाइतेको उद्धारका लागि फुङलिङबाट रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ र ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू गाडी लिएर गएका थिए । आन्दोलनकारीको आक्रमणबाट गाडीको शिशा फुटेको र चालक घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हुलाकी सडककाे रतुवा पुल संचालनमाः १६ बर्ष पछि पुलमा हिड्न पाउँदा खुशी
Next post जनताको आवश्यकतालाई जोड दिन आग्रहः माओवादी केन्द्रकाे दमक नगर समितिकाे पदस्थपना