संक्रमणबाट भारतमा विश्वकाे सवै भन्दा धेरै संक्रमित र मृत्यु

१९ वैशाख, २०७८, नयाँ दिल्ली– दाेस्राे भेरिएन्टकाे काेराेना भाइरसबाट भारतमा कोरोना संक्रमित र मृतकको संख्या विश्व मै सबैभन्दा धेरै छ । विगत २४ घन्टामा मात्र ३ लाख ९२ हजार बढिमा संक्रमण देखिएको छ । यस्तै ३ हजार ६ सय ६६ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

भारतका अस्पतालहरुमा अक्सिजन तथा बेडको चरम अभाव भइरहेको छ । भारतमा विश्व मै सबैभन्दा धेरै खोप उत्पादन गर्ने राष्ट्र भएपनि अहिले भारतमा खोपको समेत अभाव हुन थालेकाे भारतीय संचारमाध्यमहरूले जनाएका छन् । संक्रमितको र मृतक संख्या अत्याधिक रुपमा बढिरहदा भारतमा जारी खोप अभियान नै प्रभावित भएको हो ।

यस्ते सिमानामा रहेकाे पाकिस्तानमा गत वर्षको तुलनामा यस वर्ष कोभिड १९ का गम्भिर प्रकृतिका बिरीमीको संख्या ५७ प्रतिशतले बढेको छ । पाकिस्तानमा कोरोनाका कारण गम्भिर भएर भेन्टिलेटरमा उपचार गराउनेको संख्या ५ हजार भन्दा बढी रहेको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार अघिल्लो वर्षको तुलनामा पाकिस्तानमा कोरोनाको दोस्रो लहर बढी संक्रामक रहेको छ । पाकिस्तानमा अहिलेसम्म आठ लाखभन्दा बढी व्यक्ति कोरोनाका संक्रमित भएका छन् भने १७ हजार जनाभन्दा बढीको मृत्यु भइसेकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५७६३ संक्रमितः १९ जनाकाे मृत्यु
Next post नेपालमा अहिले सम्मकै धेरै एकै दिन ७२११ संक्रमित