काठमाडौं– प्रधानमन्त्रीले केही दिन अघि भारतीय गुप्तचर संस्था (रिसर्च एण्ड एनालाइसीस वीङ (रअ) का प्रमुख सामन्कुमार याेयलसँग भएकाे भेटघाटकाे अालाेचना भइरहेकाे वेला साे भेट प्रकृयागत भएकाे बताइएकाे छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट प्रक्रिया पुर्याएरै भएको दाबी गर्नु भएको छ । उहाँले नेपाल टेलिभिजनमा दिएकाे अन्तवार्तामा रअका प्रमुख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर आएको उल्लेख गर्नुभयो । रअ प्रमुखसँग भएको भेटमा दुई देशबीचको सीमा समस्या समाधान शान्तिपूर्ण वार्ताबाट समाधान गर्ने र दुई छिमेकीको सम्बन्धलाई थप उचाईमा लैजाने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।