खुशीकाे खबर ३ दिन यता संक्रमण भन्दा निकाे हुने संख्या झण्डै दाेब्बर धेरै

परिक्षणकाे संख्या भने कम हुँदै

१० कातिर्क २०७७,काठमाडौं– नेपालमा दशैं लागेसँगै काेराेना संक्रमण हुनेकाे संख्या पनि कम भएकाे छ । विगत ३ दिनमा नेपालमा  ३१ हजार १ सय ६३ जनाकाे परिक्षण गरेकाे ६ हजार ८ सय २२ जना संक्रमित भएकाे जनसंख्या मन्त्रालयकाे तथ्याङ्क रहेकाे छ । तर यी ३ दिनमा १० हजार १ सय ८७ जनाले काेराेना जितेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४१ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार ६ जनाको पीसीआर परीक्षण गरिएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२.४ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ एक लाख १५ हजार ६ सय ७५ रहेको छ । वितेकाे ३ दिनमा परिक्षणकाे संख्या केही कम भए पनि निकाे हुने संख्या भने निक्कै बढेकाे स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क रहेकाे छ ।

 थप १५ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रधानमन्त्री र रअबीचकाे भेट प्रकृयागत भएकाे दाबी
Next post अवकाे एक महिनासम्म खाेप तयार हुन सक्ने संकेत