अवकाे एक महिनासम्म खाेप तयार हुन सक्ने संकेत

१० कातिर्क २०७७,एजेन्सी–सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीले नोभेम्बर महिनाको अन्त्यसम्ममा कोरोनाको खोप तयार भइसक्ने संकेत दिएका छन् ।

यस्तै यता बेलायतको नेसनल हेल्थ सर्भिस ट्रस्टका प्रमुखले पनि डिसेम्बरको आरम्भसम्ममा खोप तयार हुन सक्ने बताएका छन् ।

बेलायतमा स्वास्थ्यकर्मीहरूलाई कोरोना खोप दिने योजना बनेको छ । क्रिसमसअघि हेल्थकेयर वर्करहरूलाई खोप दिन सकिने समाचार एजेन्सीहरूले जनाएका छन् ।

अमेरिकाले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाको खोप तयार पार्न एक अर्ब डलर दिएको छ र आफ्ना लागि ४० करोड डोज सुरक्षित पारेको छ । बेलायत सरकारले पनि १० करोड डोजको अर्डर गरिसकेको छ ।

फाउचीले नोभेम्बरको अन्त्यसम्ममा कोरोना खोप प्रभावकारी छ कि छैन भन्ने थाहा भइसक्ने बताउनु भयाे । यो सुरक्षित र प्रभावकारी रहेको पुष्टि भएपछि आवश्यकता परेका मानिसलाई खोप दिने अर्को चुनौती भएको उहाँले बताउनु भयाे ।

तर डिसेम्बरमा खोप सफल भएको घोषणा भएछ भने पनि प्रत्येक व्यक्तिलाई खोप दिनका लागि अावश्यक डाेज बनाउन अमेरिकामा मानिसहरूले सन् २०२१ को मध्यसम्म कोरोना खोपका लागि प्रतीक्षा गर्नुपर्ने उहाँकाे भनाइ छ । पछिल्लाे समय झण्डै १ दर्जन कम्पनीले काेराेना भाइरस विरूध्द खाेपकाे विभिन्न चरणमा परिक्षण भइरहेका छन् ।

याे समाचार विभिन्न अनलाइन स्राेतबाट साभार गरी तयार पारिएकाे हाे । तपाइकाे केही सुझाव भए  sarasandesh77@gmail.com इमेलमा पठाउन सक्नु हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खुशीकाे खबर ३ दिन यता संक्रमण भन्दा निकाे हुने संख्या झण्डै दाेब्बर धेरै
Next post परिक्षण गर्नेकाे संख्या घटेसँगै संक्रमित पनि घटे तर निकाे हुने भने बढ्दै