युवती भण्डारीकाे हत्यारा पत्ता लगाउन माग गर्दै चितवनमा स्थानीयको विरोध प्रदर्शन

२१ असार २०७८,चितवन- पूर्वी चितवनको राप्ती-३ बाट अपहरणमा परेकी २३ वर्षीया सुजिता भण्डारी हत्या भएको भन्दै हत्यारा छिटो पत्ता लगाउन माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

‘सुजिताले न्याय पाउनु पर्छ । घटनाको सत्यतथ्य छानबिन होस’ भन्ने नाराबाजीसहित आक्रोशित बनेका स्थानीयहरुले सडक अवरुद्ध गरेका हुन् । विशेष अनुसन्धान टोलीको स्थलगत अनुसन्धानपछि थप अनुसन्धान र पोष्टर्माटम गर्न शव लैजादै गर्दा स्थानियहरुले राजमार्ग अवरुद्ध गराएका हुन् । प्रहरीले १० दिन वितिसक्दासमेत राम्रो अनुसन्धान नगरेका कारण सुजिता मारिएको भन्दै प्रहरी प्रशासनसमक्ष उनीहरुले कडा आक्रोश पोखेका छन । आक्रोशित स्थानीयहरुको भिडले राप्ती नगरपालिका-३ स्थित राजमार्ग नारावाजीसहित अवरुद्ध गर्दा सो क्षेत्र तनावग्रस्त बनेको थियो । सडकमा ट्रक तेर्साएर स्थानीयहरुले नारावाजी गर्दै छिटो हत्यारा पक्राउ गरी सार्वजनिक गर्न माग गरेका हुन । सुजिता भण्डारीको शव आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा फेला परेको हो । उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

समाचार नेपाल टेलिभिजनकाे अनलाइनबाट साभार गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २२११ निकाे हुँदा २६२२ संक्रमित
Next post नेपालमा आज १५६५ निकाे, १७१८ संक्रमित थपिए