भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरुः झापामा भाेलि र पर्सी लगाउने तालिका निर्धारण

पत्रकारलाई शनिबार खाेप लगाइने

२२ असार २०७८/डिकेश लामा

झापा– सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा आज देखि ज्येष्ठ नागरिकलाई लगाउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका ३ हजार ९ सय खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ ।

काठमाडौं जिल्लामा ३२ सहित उपत्यकामा ४७ खोपकेन्द्र छन् । खोप बिहान १० देखि अपरान्ह ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिने छ । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले करिब पाँच लाख जनालाई भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गर्न थालिएको जानकारी दिए ।

खोप अभियान असार २४ गतेसम्म सञ्चालन हुने छ । उनका अनुसार गत जेठ २५ देखि २९ गतेसम्म लगाएका ज्येष्ठ नागरिक र त्यसअघि भेरोसेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइने छ ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कागज अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ५९ हजार ९५४  ले दोस्रो  र २६ लाख ११ हजार ८०७  जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

झापामा भाेलि देखि मात्र खाेप

यसैबीच यता झापा जिल्लामा भने खाेपकाे तयारी मात्र पुरा भएकाे छ । झापामा भोलि देखि भेरोसेलको दोस्रो डोज खोप भोलि बुधबार देखि मात्र खोप लगाउन थालिने भएको छ । १५ वटा पालिकाको स्थायी स्वास्थ्य केन्द्रमा खोप लगाउने प्रबन्ध मिलाई सवै  पालिकामा आजै खोप पठाइसकिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले बताउनु भयो । पौडेलका अनुसार जिल्लामा १५ वटा पालिकाको ५० स्थानमा खोप केन्द्र निर्धारण भएका छन् ।
यस अघि जेष्ठ २६ र २७ गते खोप लगाउने झापा जिल्लाका १३ हजार २ सय जनालाई यो दोस्रो डोज भेरोसिल खोप लगाउने कार्याक्रम तय भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसैगरी यस अघि जिल्लामा खोप लगाएका पत्रकारहरुका लागि आउने शनिबार विर्तामोडको अतिथि सदनमा खोप लगाउने तयारी गरिएको छ भने विर्तासिटी र विएनसी अस्पतालका स्वास्थ्यकर्मीलाई आइतबार खोप लागउने तालिका बनाइएको स्वास्थ्य कार्यालय झापाका प्रमुख पौडेलले बताउनु भयो ।
यस्तै दमक नगरपालिकाले भने भोलि ६२ देखि ६४ बर्षकालाई दमक नगरपालिकाकाे कार्यलय र अन्यलाई पर्सी वेलडाँगी १ स्थित कोभिड अस्पताल नजिकको भवनमा खोप लगाउने तयारी भएको दमक नगरपालिका कोभिड व्यवस्थापन फोकल पर्सन कुवेर भट्टराईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बर्षातले बाली बर्वादः भारतीय सिमावर्ती क्षेत्रमा बर्षेनी समस्या
Next post बाढीले बगाउँदा गाडीसँगै २ जना वेपताः मध्य पहाडी लाेक मार्ग अवरूद्ध