बाढीले बगाउँदा गाडीसँगै २ जना वेपताः मध्य पहाडी लाेक मार्ग अवरूद्ध

this photo is symbolic used .

पर्वत- पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्लास्थित सुन्दरेखोलामा आएको बाढीले गए राती वितण्डा मच्चाएकाे छ । खाेलामा अपत्यारिलाे बाढी अाए पछि बाढीले बगाउँदा गाडीसँगै २ जना वेपत्ता भएका छन् ।

मंगलबार रातिको भिषण वर्षाले सुन्दरे खोला उर्लिएपछि निर्माणाधिन मध्यपहाडी राजमार्गमा क्षति पुर्‍याएको थियो । बाढीले मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनका साइट इञ्चार्ज राजाराम आचार्य र सवारी चालक इन्द्र थारु बेपत्ता भएका हुन् ।

बाढी कै कारण राजमार्गको छेउछाउमा सामान्य व्यवसाय सञ्चालन गरेर बस्ने विश्व श्रेष्ठ लगायतका ४ परिवार भागेर ज्यान जोगाउन सफल भएका छन् । बाढीले बगाएको सवारी आज बिहान मात्रै ५ सय मिटर तल मोदीखोलामा भेटिएको छ ।

गाडी भेटिएपनि उद्धार गर्न नसकिएका कारण गाडीभित्र रहेका व्यक्तिहरु भए नभएको कुनै जानकारी लिन नसकिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

बाढीले अरू २ वटा स्कुटर, १ मोटरसाइकल सहित ४ होटल तथा रेष्टुरेण्टहरुमा समेत क्षति पुर्‍याएको छ । बाढीका कारणा मध्यपहाडी लोकमार्ग पूर्णरुपमा बन्द हुन पुगेकाे छ । बाटाे बन्द हुँदा विवाह तथा अन्य अत्याअावश्यक काममा हिडेका यात्रुहरू अलपत्र परेका छन् ।

सोही बाढीले १० मेगावाट उत्पादन क्षमताको तल्लो मोदीखोला जलविद्युत केन्द्रको उत्पादन समेत बन्द भएको छ । उत्पादनका लागि निर्माण गरिएको क्यानल बाढीले पुरेपछि विद्युत उत्पादन बन्द भएको हो । वेपताकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरुः झापामा भाेलि र पर्सी लगाउने तालिका निर्धारण
Next post कोरोना कहरका बावजुद पनि दुई पाङ्ग्रे सवारीको कारोवार सन्तोषजनक