कोरोना कहरका बावजुद पनि दुई पाङ्ग्रे सवारीको कारोवार सन्तोषजनक
टिभिएसद्वारा नेपालमा पहिलो पटक व्लुटुथ स्कूटर सार्वजनिक
२३ असार २०७८
झापा–कोरोना कहरका बाबजुद पनि नेपालमा नयाँ प्रविधि र डिजायन मोटर साइकल तथा स्कूटरहरु भित्रनेक्रम तथा काराेवारमा खासै प्रभाव परेकाे छैन । नेपालमा यस बर्ष सवै भन्दा धेरै स्कूटर विक्री गर्न सफल बनेको टिभिएस कम्पनीले आज मार्भल्स अभन्र्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
पछिल्लो समय टिभिएस कम्पनिको मोटर साईकल तथा स्कूटरहरु ग्राहकले औधी मन पराउन थालेकोले व्यवसायिक कारोवार समेत कोरोना कहरका बावजुत पनि सन्तोषजनक रहेको टिभिएस कम्पनिका मोटर साईकल तथा स्कूटरहरु विक्री गर्दै आउनु भएको अना ट्रेड प्रालि दमकका संचालक गनबहादुर अधिकारीले बताउनु भयो ।
ब्लुटुथ प्रविधिको नेपालमा पहिलो स्कूटर एकटर्क १२५ सुपरस्क्वाडले स्कूटरको कारोवारमा उच्च संख्यामा विक्री गर्न सफल टिभिएसलाई थप सफलता मिल्ने टिभिएस मोटर कम्पनिका इन्टरनेशनल विजिनेश कार्यकारी उपाध्यक्ष आर दिपिलले बताउनु भयो ।
टिभिएसले आज नेपालमा पहिलो पटक सार्वजनिक गरेको स्कूटर बाहेक स्टिल्थ व्लाक, इन्भिन्सिवल रेड, कम्व्याक्ट व्लू मोडलका स्कूटर बजारमा ल्याएको छ ।
कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर एनटटर्क १२५ सीसीको एक विशेष सुरस्क्वाड संस्कारण शुरु गरेको छजुन आकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो व्लुटुथ कनेक्टेड स्कूटर दावी गरेको छ ।