नेपालमा पुन बढ्न थाल्याे संक्रमण ११३३ निकाे हुँदा २९७९ संक्रमित थपिए

२३ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लो समय पुन निकाे हुने भन्दा संक्रमण हुनेकाे संख्या बढ्न थालेकाे छ । गएकाे २४ घण्टामा थप १ हजार ३ सय ३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख १४ हजार ३ सय २७ रहेको छ । यसैगरी २४ घण्टामा नेपालमा २ हजार ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ५० हजार १६२ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६३ परीक्षणबाट ९ सय २ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८९८ परीक्षणमा २ हजार ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो  नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ पुगेको छ । हालसम्म देशभर ३३ लाख ९१ हजार ३७९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३२३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ५४४ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोरोना कहरका बावजुद पनि दुई पाङ्ग्रे सवारीको कारोवार सन्तोषजनक
Next post नेपालमा आज पनि निकाे हुने भन्दा संक्रमित धेरै