संक्रमित भन्दा निकाे हुने बढ्दै, नेपालमा १ लाख ३४ हजारले जिते काेराेना

थप २३ जनाकाे मृत्यु

१६ कार्तिक २०७७, काठमाडौं– नेपालमा पछिल्लाे  २४ घण्टामा  संक्रमित भन्दा निकाे हुने धेरै रहेका छन् । २ हजार ८ सय २४ जना संक्रमित भएका छन् भने ३ हजार ६ सय २० जना निकाे भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ रहेको छ । नेपालमा निको हुनेको दर ७७.७ प्रतिशत रहेको छ । यस्तै पछिल्लाे २४ घण्टामा  २३ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खुशीकाे खबर काेराेनाबाट विश्वमा निकाे हुनेकाे संख्या बढ्दै ९७ प्रतिशत संक्रमित निकाे
Next post नेपालमा संक्रमण भन्दा निकाे हुने धेरै बढ्दै, विश्वमा ९७ प्रतिशतले जिते काेराेना