खुशीकाे खबर काेराेनाबाट विश्वमा निकाे हुनेकाे संख्या बढ्दै ९७ प्रतिशत संक्रमित निकाे

नेपालमा मृत्यु दर ०.५ प्रतिशत मात्रै

१५ कातिर्क २०७७, एजेन्सी– विश्वकाे पछिल्लाे २४ घण्टाकाे तथ्याङ्क अनुसार ४ कराेड ६० लाख ५२ हजारमा संक्रमण भएकाे छ । संक्रमित मध्ये ९७ प्रतिशत ३ कराेड ३३ लाख २२ हजार काेराेनाबाट मुक्त भएका छन् । यस्तै जम्मा संक्रमित मध्ये ३ प्रतिशत ११ लाख ९५ हजार ९ सय २९ जनाकाे मृत्यु भएकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । निकाे हुने संख्या केही महिना अघिभन्दा धेरै बढेर गएकाे तथ्याङ्कमा उल्लेख्य छ ।

यस्तै नेपालमा गत २४ घण्टामा  २ हजार २ सय ६४ जना डिस्चार्ज भएका छन् । यस्तै २ हजार ५ सय ८ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १ हजार ३ सय ५७ जना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३१२२२ रहेको छ । नेपालमा निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पछिल्लाे २४ घण्टामा ३५१७ संक्रमित ४०९६ जना निकाे
Next post संक्रमित भन्दा निकाे हुने बढ्दै, नेपालमा १ लाख ३४ हजारले जिते काेराेना