नेपालमा आज पनि निकाे हुने भन्दा संक्रमित धेरै

१८७५ संक्रमित हुँदा १२८६ जना निकाे

२४ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार २ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ५ हजार ३ सय ७४ पीसीआर परीक्षणमा १ हजार २ सय १८ जनामा कोरोना पुष्टि भएको छ भने यता ५ हजार १ सय ३० एन्टिजेन परीक्षणमा ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल १ हजार ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । केही दिन यता निकाे हुने भन्दा संक्रमण हुनेकाे संख्या बढ्न थालेकाे छ ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पुन बढ्न थाल्याे संक्रमण ११३३ निकाे हुँदा २९७९ संक्रमित थपिए
Next post चीनबाट ८ लाख डाेज खाेप भर्खरै नेपाल आइपुग्याे