चीनबाट ८ लाख डाेज खाेप भर्खरै नेपाल आइपुग्याे
२५ असार २०७८, काठमाडौं- ५५ बर्ष माथि उमेर समूहकालाइ लगाउने याेजनाका साथ चीनबाट आज ८ लाख डाेज खाेप नेपाल आइपुगेकाे छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको बेइजिङबाट आठ लाख डोज खोप आज बिहान काठमाडौं ल्याएको हो । वाइडबडीले पहिलो चरणमा आठ लाख डोज खोप ल्याएको नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचनले जानकारी दिनुभयो । नेपालले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीद गरेको हो । त्यसमध्ये पहिलो खेपमा निगमको जहाजले आठ लाख डोज खोप ल्याएको हो । त्यस्तै, फेरि दोस्रो खेपका लागि असार ३१ गते निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ । त्यस्तै तेस्रो खेपमा खोप ल्याउन निगमको जहाज साउन ७ मा चीन जाने भएको छ । आज ल्याइएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
यस अघि भेराेेसेल ६२ बर्ष माथि उमेरकालाइ लगाइएकाे थियाे ।