७ साउन २०७८, सारासन्देश डेक्स, झापा–नेपाल पत्रकार महासंघ झापाकाे आयाेनामा भएकाे प्रदेश स्तरीय ओलम्पिक लेखन प्रतियाेगिताका ४ जना विजेतालाइ पुरस्कार प्रदान गरिएकाे छ ।  स्पाेर्टस फर अल कमिसनकाे समन्वयमा नेपाल पत्रकार महासंघ झापाकाे आयाेजनामा भएकाे लेखन प्रतियाेगितामा इलामका युवा पत्रकार नमिन ढकालले लेखेकाे प्रमिलाकाे यात्रा: इलामकाे लुम्बक देखि लन्डन ओलम्पिक उत्कृष्ट भएकाे छ ।  यस्तै  ताप्लेजुङका खगेन्द्र अधिकारी द्वितीय, झापाका हिमाल खरेल तृतिय  र पाँचथरका भिमकुमार बास्काेटा सान्त्वना घाेषित भएका छन् । उनीहरूले क्रमशः ११, ७, ५ र ३ हजार नगद सहित प्रमाण पत्र लेखन प्रतियाेगितकाे सहयाेगी संस्था स्पाेर्टस फर अल कमिसन नेपालकाे प्रदेश नम्बर एकका संयाेजक भाेजराज सिटाैलाले नगद तथा महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रादेशिक संचार प्रतिष्ठानका सदस्य गाेपाल काफ्ले, नारी संचार गृह झापाकी अध्यक्ष भीमा शिवाकाेटी लगायतले सामुहिकरूपमा प्रमाण पत्र हस्तान्तरणा गर्नु भएकाे छ ।  साेही समारोहमा काेभिड संक्रमित झापाका १३ जना पत्रकारलाई लेखनवृति समेत प्रदान गरिएकाे छ ।

यसैबीच झापाका अग्रज पत्रकार केशव धितालकाे ७२ बर्षकाे उमेरमा हिजाे काठमाण्डाैंमा मृत्यु छ । मृत्यु प्रति नेपाल पत्रकार महासंघ झापा शाखाले एक विज्ञप्ती जारी गर्दै शाेक व्यक्तव्य जारी गरेकाे छ । आज महासंघकाे आकास्मिक वैठकले शाेक प्रस्ताव पारित गर्दै व्यक्तव्य जारी गरेकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *