८ श्रावण २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे समय काेराेना संक्रमण हुनेकाे संख्या निकाे हुने भन्दा झण्डै दाेब्बरले बृद्दि हुन थालेकाे छ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९ सय ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय ९८ पीसीआर परीक्षणमा आज  थप १ हजार ९ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ६ सय १० परीक्षणबाट ९ सय ९५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ३०८ परीक्षणमा २ हजार ९ सय ७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ७६ हजार ७ सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३ सय ६८ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ६७९ पुगेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *