नेपालमा थप संक्रामक डेल्टा उत्परिबर्तन फेला

१२ साउन २०७८, काठमाडौँ — नेपालमा बढी संक्रामक मानिएको कोभिड १९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको छ । मन्त्रालयले जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी नमुनाहरु सिक्वेन्सिङका असार ३० गते भारत पठाएको थियो । यो सहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुमा असर पार्ने अध्ययनहरुले देखाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३८९९संक्रमित १७७८ निको: २० जनाको मृत्यु
Next post नेपालमा आज ३८४० संक्रमित थपिए, १९९३ निकाेः ३३ जनाकाे मृत्यु