एकै चिहान बनेका बुवाआमालाई छाेराले भने मलाई पनि सँगै लिएर जानु

दमकमा गए राती दर्दानक सडक दुर्घटना

१३ श्रावण २०७८, झापा

१४ बर्षीय छाेराले आफूलाइ एक्लै छाडेर जानुकाे सट्टा सँगै लिएर जानु नि भन्दै अस्पतालमा बुवा आमाकाे लाशमा आँशु झार्दा जाे काेहीकाे मन थाम्न मुश्किल पर्याे । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी नवराज कार्कीले बताउनु भयाे । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको दमकमा मंगलबार राती सवा १० बजे तिर मोटर दुघर्टनमा परी एक दम्पतीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ८७३० नम्बरको हेभी ट्रक र प्र २।०३।०१३ प ४७८७ नम्बरको मोटर साइकल ठोकिन्दा सुरुङ्गामा होटल व्यवसाय गर्दै आउनु दम्पति पूर्णबहादुर विष्ट र हिमा देवी विष्टको मृत्यु भएको हो ।

मोरङ्ग जिल्लाकाे सुन्दर हरैँचा स्थायी घर भई सुरुङ्गाको होटल हेवन संचालन गर्दै आउनु भएका ४३ र ३६ बर्र्षीय दम्पतिको घटना पछि उपचारका लागि दमक स्थित लाइफ लाइन अस्पताल लानेक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

दुघर्टना गरेर भाग्दै गरेको ट्रक सहित विराटनगर महानगरपालिका वडा ४ निवासी ४८ बर्षीय चालक सुजन थापालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । मृतक दम्पती टिकटकबाट समेत सामाजिक संजालमा परिचित बन्दै गएकाे छिमेकीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३८४० संक्रमित थपिए, १९९३ निकाेः ३३ जनाकाे मृत्यु
Next post नेपालमा आज ३३६५ संक्रमित,१३७३ निकाेः १६ जनाकाे मृत्यु