नेपालमा हालसम्म साढे ५४ हजार बालबालिका संक्रमितः ८१ जनाकाे मृत्यु
१४ श्रावण २०७८,काठमाडौँ – नेपाल हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण देखिएको बताइएकाे छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले तथ्यांक प्रस्तुत गर्दै हालसम्म ५४ हजार ४ सय ६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको जानकारी दिनु भयाे । साउन १३ गतेसम्म तथ्यांक अनुसार कोरोनाको पहिलो लहरमा २१ हजार ५ सय २३ बालबलिका संक्रमित भएका थिए । यस्तै दोस्रो लहरमा ३२ हजार ९ सय ३७ जना बालबालिकामा संक्रमण देखिएको छ । दोस्रो लहरमा संक्रमण पुष्टि भएकामध्ये २९ हजार ७ सय ७७ जना निको भएका बताइएकाे छ ।
यसैबीच कोरोनाको पहिलो लहरबाट ३८ जना बालबालिको मृत्यु भएको छ । पछिल्लाे दोस्रो लहरबाट ४३ जना बालबालिकाको मृत्यु भएको छ । यस्तै स्वास्थ्य क्षेत्रका विज्ञहरुका अनुसार तेस्रो लहरमा धेरै बालबालिकाहरु प्रभावित हुने दाबी गर्दै अाएका छन् ।