२७ श्रावण २०७८/सारासन्देश समाचार
नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशक पदमा सरकारले पुनः कुलमान घिसिङलाई नियुक्ती गरे पछि झापाको दमकमा बुधबार साँझ दिप प्रज्वलन गरिएको छ ।
११ महिना अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनताले नहटाउँन आन्दोलन गर्दा गर्दै पनि हटाइएको र पुनः नयाँ सरकारले नियुक्ति गरेकाले निवर्तमान प्रम ओलीकै गृह नगर दमकमा दीप प्रज्वलन गरिएको छ ।


उज्यालोको अर्को नाम कुलमान घिसिङ नारा लेखेको व्यानर समेत टाँगेर पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक नगरपालिकाको मुख्य गणतन्त्र चौकमा दीप प्रज्वलनन् गरेको नेपाल तामाङ घेदुङ नगर कमिटिका अध्यक्ष दुर्गा व्लोन तामाङले बताउनु भयो ।
कार्याक्रममा नेपाल तामाङ प्रदेश सचिवालयको निवर्तमान सदस्य हरि लामा, नेपाल तामाङ घेदुङ संघका पूर्व जिल्ला सचीव राजु तामाङ, नेपाल तामाङ प्राख्रिन समाज झापा जिल्ला अध्यक्ष राजकुमार पाख्रिन, आदिवासी जनजाति महासंघ दमक नगर परिषदका अध्यक्ष गुमानसिंह तामाङ लगायतको उपस्थिति थियो ।
यस अघि घिसिङलाई प्राधिकरणको निर्देशक पदबाट नहटाउँन आग्रह गर्दै देशव्यापीरुपमा सरकारको विरोध गर्दा गर्दै समेत हटाइएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *